पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, आइतबारदेखि ढुवानी नियमित रहने
अखबार टुडे
प्रकाशित:
२०७८, १९ चैत्र

काठमाडौं, १९ चैत । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेका हुन् ।

ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको भीड लागेको थियो ।

नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार भएको वार्तामा सहमति भएपछि व्यवसायी र नेपाल आयल निगमले चार बुँदे संयुक्त विज्ञप्ति जारी गरी सो जानकारी गराएका हुन् ।

ढवानी व्यवसायीले राखेका मागहरुमध्ये पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति भएको बताइएको छ । तीबाहेक अरु मागबारे १५ जेठसम्ममा पूरा गर्ने गरी काम गर्ने सहमति भएको छ । यससँगै आइतबारबाट ढवानी नियमित हुने भएको छ ।

प्रतिक्रिया