काठमाडौं । यस वर्ष कतारमा हुन गइरहेको फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामना गर्ने भएको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको समूह विभाजनअनुसार उद्घाटन खेलमा कतारले इक्वेडरसँग खेल्ने भएको हो ।
कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अल बायत स्टेडियममा हुनेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार ३ः ४५ बजे सुरु हुनेछ । पहिलो दिन थप तीन खेलहरू हुनेछन् । जसमा सेनेगलले नेदरल्यान्ड्ससँग नेपाली समयअनुसार १८ः४५ बजे प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै, समूह ‘बी’का दुई खेल हुनेछन् । जसमा इङ्ल्यान्डले एसियाली मुलुक इरानसँग नेपाली समयअनुसार राती २१ः४५ बजे खेल्दा यूएसएले स्कटल्यान्ड(वेल्स र युक्रेनमध्ये विश्वकपमा छनोट हुने एक टोलीसँग राती ००ः४५ बजे खेल्नेछ । कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ । कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहने छ ।
समूह ‘ए’
कतार
नेदरल्यान्ड
सेनेगल
इक्वेडर
समूह ‘बी’
इङ्ल्यान्ड
अमेरिका
इरान
वेल्स/स्कटल्याण्ड/युक्रेन
समूह ‘सी’
अर्जेन्टिना
मेक्सिको
पोल्याण्ड
साउदी अरेबिया
समूह ‘डी’
फ्रान्स
डेनमार्क
ट्यूनिसिया
युएई/अष्ट्रेलिया/पेर
समूह ‘ई’
स्पेन
जर्मनी
जापान
कोष्टारिका/न्यूजिल्याण
समूह ‘एफ’
बेल्जियम
क्यानडा
क्रोएसिया
मोरक्को
समूह ‘जी’
ब्राजिल
स्वीटजरल्यान्ड
सर्बिया
क्यामरून
समूह ‘एच’
पोर्चुगल
उरुग्वे
दक्षिण कोरिया
घाना
यस्ताे छ खेल तालिका