देउकृष्णले दोहोर्याए ‘तमोर सलल’मा डाँडा बजारका कलाकार (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, १९ चैत्र

काठमाडौं, १९ चैत । देउकृष्ण देवान निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र निर्माता एवं कलाकारसमेत रहेका देवानद्वारा निर्देशित पुर्वेली लोकगीत ‘तमोर सलल’को भिडियो शुक्रबार साँझ सार्वजनिक गरिएको हो ।

यसअघि देवान निर्देशित ‘डाँडा बजार’ बोलको गीतको भिडियोलाई निकै रुचाइएको थियो । उक्त भिडियोको चर्चा र सफलतासँगै निर्देशनमा हौसिएका देवानले ‘तमोर सलल’ ल्याएका हुन् ।

सरिता राईको शब्द र देवेन्द्र लिम्बूको संगीत रहेको यस गीतमा देबेन्द्र लिम्बू, डिबी लिम्बू, सुनिता संयक लिम्बू र हिमाली लिम्बूको स्वर रहेको छ । जो पछिल्लो समय गायनमा चर्चा बटुलिरहेका छन् ।

मुना लिम्बूको निर्माणमा युवराज राई (बीरबहादुर)को छायाँकन रहेको यस भिडियोमा अभिनेत्रीसमेत रहेकी रेखा लिम्बू र युमन सोदेम्बा लिम्बूको अभिनय रहेको छ । यसअघि ‘डाँडा बजार’को भिडियोमा पनि रेखाले अभिनय गरेकी थिइन् अर्थात निर्देशक देवानले आफ्नो भिडियोमा रेखालाई दोहोर्याएका छन् ।

‘तमोर सलल’ गीतको यस भिडियोमा सुरेश राई याक्खाको कोरियोग्राफी रहेको छ । भिडियोमा रमेश सुनुवारको सहायक छायाँकन, बिकासको ड्रोन र मेकअप सबिना उप्रेती र आलिया गुरुङको रहेको छ ।

यस गीतको भिडियोलाई कुलेखानी र त्यस आसपासमा छायाँकन गरिएको निर्देशक देवानले बताए । भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया आइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया