प्रधानमन्त्री देउवाको भारत भ्रमण : यस्तो छ दिनभरको व्यस्त तालिका
अखबार टुडे
प्रकाशित:
२०७८, १९ चैत्र

काठमाडौं, १९ चैत । औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीलाई भेट्ने कार्यतालिका रहेको छ । त्यसअघि बिहान १०ः२५ बजे राजघाट जाने र १०ः४० बजे महात्मा गान्धीको समाधिस्थलमा फूलामाला अर्पण गर्ने तथा एक मिनेट मौनधारण गर्ने कार्यतालिका तय गरिएको छ । प्रधानममन्त्री देउवा शुक्रबार भारत पुगेका हुन् ।

प्रधानमन्त्री देउवासहितको टोली अहिले १०ः५५ बजे हैदराबाद हाउसका लागि प्रस्थान गर्नेछन् । ११ः१० मा हैदराबाद हाउस पुगेपछि ११ः१५ देखि ११ः४५ बजे प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच वान टू वान वार्ता हुने कार्यक्रम छ ।

त्यसपछि ११ः४५ देखि १२ः१५ सम्म दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुनेछ भने १२ः१५ देखि १२ः३० बजेसम्म विभिन्न सम्झौतामा हस्ताक्षर हुँदैछ ।

सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवाको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् । यस्तै, दिउँसो १ः३० बजेदेखि १ः३५ बजेसम्म प्रधानमन्त्री देउवाले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यहाँबाट होटल फर्केर साँझ ५ः३० बजे भारतीय व्यवसायीसँगको अन्तरक्रियामा प्रधानमन्त्री देउवाले भाग लिने कार्यतालिका तय गरिएको छ ।

प्रतिक्रिया