एआईजी बढुवाको निर्णयविरुद्ध सर्वोच्चमा रिट
अखबार टुडे
प्रकाशित:
२०७८, १७ चैत्र

काठमाडौं, १७ चैत । सरकारले तीन डिआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णण गरेलगत्तै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

लोकसेवा आयोगको सदरपछि बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सरकारको उक्त निर्णयविरुद्ध डिआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बिहीबार नै सर्वोच्च अदालतमा रिट दर्ता गराएको स्रोतले जनाएको छ ।

चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले सन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो । तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै उनीहरुले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए ।

उक्त उजुरीमाथि कारबाही गर्दै लोक सेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिको निर्णयलाई नै सदर गरेको थियो । त्यससँगै मन्त्रिपरिषद् बैठकले सिफारिसमा परेका तीनै जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया