मस्कोलाई एक्लो पार्न थप कदमबारे अमेरिका र इयुको छलफल
अखबार टुडे
प्रकाशित:
२०७८, १७ चैत्र

वासिङ्टन, १७ चैत (एजेनसी) । रुसमाथिको पहिलो उच्चस्तरीय वार्तामा अमेरिका र युरोपेली संघका प्रतिनिधिहरूले मस्कोलाई एक्लो पार्न थप कदमहरूबारे छलफल गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालय र युरोपेली बाह्य कार्य सेवाले संयुक्त रूपमा जनाएअनुसार वाशिंगटन डीसीमा आयोजित पहिलो अमेरिका–इयु उच्च स्तरीय वार्तामा अर्थतन्त्र र अन्तरराष्ट्रिय वित्तीय प्रणालीबाट रुसलाई अलग गर्न थप कदमहरू बारे पनि छलफल गरेका छन् ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व राजनीतिक मामिलाका उपसचिव भिक्टोरिया नुल्यान्ड र इयुको नेतृत्व राजनीतिक मामिलाका लागि युरोपेली बाह्य कार्य सेवाका उपमहासचिव एनरिक मोराले गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । दुवै पक्षले सन् २०२२ को अन्त्यतिर रूसमा अर्को उच्चस्तरीय वार्ता गर्न सहमत भएका छन् ।

द्वन्द्वले रुस र युक्रेनको अर्थतन्त्र प्रभावित हुने
रुसको अर्थतन्त्र यस वर्ष १० प्रतिशत र युक्रेनको कुल गार्हस्थ्य उत्पादन २० प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको छ ।

पुनर्निर्माण र विकासका लागि युरोपेली बैंकका अनुसार दुई देशबीचको युद्धले ५० वर्षको लागि सबैभन्दा ठूलो आपूर्ति झटका निम्त्याउनेछ ।

फेब्रुअरी २४ मा रुसले आफ्नो पश्चिमा समर्थक छिमेकीमाथि आक्रमण गर्नुअघि लन्डनस्थित युरोपेली बैंक फर रिकन्स्ट्रक्सन एण्ड डेभलपमेन्टले यो वर्ष युक्रेनी जीडीपी ३.५ प्रतिशतले वृद्धि हुने र रुसी अर्थतन्त्र तीन प्रतिशतले विस्तार हुने भविष्यवाणी गरेको थियो ।

प्रतिक्रिया