धानुक, पन्त र सिंह एआईजीमा बढुवा
अखबार टुडे
प्रकाशित:
२०७८, १७ चैत्र

काठमाडौं, १७ चैत । सरकारले नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू रवीन्द्र धानुक, वसन्तकुमार पन्त र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गरेको हो ।

बढुवा समितिको बैठकले उनीहरूलाई नै एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । उक्त सिफारिसविरुद्ध तीन डीआईजीले लोकसेवा आयोगमा उजुरी दिएका थिए । आयोगले बढुवा समितिको निर्णय सदर गरेपछि सरकारलाई एआईजी बढुवा गर्ने बाटो खुलेको थियो । यसअघि, नेपाल प्रहरीमा जनपदतर्फ एआईजीको संख्या पाँच थियो । तीन थपिएसँगै एआईजीको संख्या आठ पुगेको छ ।

प्रतिक्रिया