तेजाव र यौन हिंसाविरूद्ध अध्यादेश ल्याउने सरकारको तयारी
अखबार टुडे
प्रकाशित:
२०७८, १७ चैत्र

काठमाडौं, १७ चैत । सरकारले यौन हिंसा र तेजाव/एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न दुई अध्यादेश ल्याउने भएको छ ।

विहिबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही समयअघि निष्कृय भएका थिए । अध्यादेश निष्कृय भएपछि यौन हिंसामा परेका र तेजाव आक्रमणमा परेका पीडितले न्याय पाउनबाट बञ्चित भएका थिए ।

प्रतिक्रिया