युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा हवाई आक्रमण- कम्तीमा १२ को मृत्यु, ३३ घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, १६ चैत्र

किभ, १६ चैत (एजेन्सी) । युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा रुसको सुरक्षा फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा १२ जनाको ज्यान गएको छ । आक्रमणमा परी अन्य ३३ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् ।

युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने माइकोलायीभ सहरमा घटना भएको युक्रेनको आन्तरिक मामिला मन्त्रालयले मङ्गलबार जनाएको छ । स्थानीय समय अनुसार बिहान ८.४५ मा हवाई आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । आक्रमणका कारण झण्डै नौ भवनमा क्षति पुगेको पनि अधिकारीहरूले जनाएका छन् ।

घटनास्थलबाट १८ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया