सुन्दरीजलमा टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु, बाबु गम्भीर घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, १६ चैत्र

काठमाडौं, १६ चैत । गोकर्णेश्वर–१ सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएको छ ।

बुधबार बिहान साढे ८ बजेतिर टिपरको ठक्करबाट स्थानीय वल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको मृत्यु प्रहरीले जनाएको छ ।

घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

घटनामा घिसिङ गम्भीर घाइते भएका छन् । चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको बताएको प्रहरीले जनाएको छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

प्रहरी निरीक्षक तामाङका अनुसार घटनास्थलमा तनावको स्थिति सिर्जना भएको छ।

प्रतिक्रिया