कीभ र चेर्निहिव क्षेत्रमा सैन्य गतिविधि कम गर्ने रुसको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, १५ चैत्र

काठमाडौं, १५ चैत (एजेन्सी) । रसियाली रक्षा मन्त्रालयले कीभ र चेर्निहिव क्षेत्रमासैन्य गतिविधिलाई निकै कम गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

रूस र युक्रेनबीच आपसी विश्वास बढाउने र थप वार्ताका लागि आवश्यक अवस्था सिर्जना गर्ने निर्णय गरिएका समय रूसको उक्त निर्णय सार्वजनिक भएको हो ।

टर्कीको इस्तानबुलमा भएको मस्को–कीभ शान्ति वार्ताको नयाँ चरणपछि रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनले मङ्गलबार फोमिनले यस्तो बताएका हुन् ।

मङ्गलबारको वार्तामा यूक्रेनको तटस्थता र गैर आणविक स्थितिका साथै यूक्रेनलाई सुरक्षाको प्रत्याभूति दिने विषयमा सम्झौताको तयारीमा प्रगति भएको उनले बताएको छ ।

यसैबीच रुस र युक्रेनबीचको वार्तामा स्पष्ट प्रगति देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पाँच प्रतिशतले घटेको छ । यस्तै अमेरिकी डलरको तुलनामा निकै कमजोर भएको रुसी मुद्रा रुबलको अवस्था १० प्रतिशतले सुध्रिएको छ ।

प्रतिक्रिया