भारत र चीनले सस्तो मूल्यमा रुसी तेलको आपूर्ति अझै बढायो
अखबार टुडे
प्रकाशित:
२०७८, १५ चैत्र

काठमाडौं, १५ चैत (एजेन्सी) । युक्रेनमा द्वन्द्व सुरु भएयता भारत र चीनले रुसबाट पेट्रोलियम पदार्थको आयात बढाएका छन् ।
यसअघि पनि रुसी तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ता रहेको चीन र भारतले युद्ध सुरु भएपछि रुसी तेलको आपूर्ति अझै बढाएका हो ।

अमेरिकाले रुसी तेलमा प्रतिबन्ध लगाएपछि रुसले चीन र भारतलाई अझ सस्तोमा पेट्रोलियम पदार्थ दिएको इकोनोमिक्स टाइम्स पत्रिकाले दाबी गरेको छ । युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको भाउ बढिरहेका पेट्रोलियम पदार्थको मुख्य आपूर्ति तथा प्रयोगकर्ता चीन र भारतलाई भने राहत मिलेको छ ।

अमेरिका, बेलायत तथा युरोपेली सङ्घको प्रतिबन्धका कारण रुसले धेरै मात्राको तेल बिक्री गर्न असफल हुने आँकलनका बीच चीन र भारतको आयातले रुसलाई पनि राहत मिलेको छ । यसको असरले अमेरिका, युरोपसहितका देशमा भने पेट्रोलियम पदार्थको भाउ बढ्ने इकोनोमिक्स टाइम्सले जनाएको छ ।

प्रतिक्रिया