टर्कीका चर्चित अभिनेता दुज्यातान वैशाखमा नेपाल आउने
अखबार टुडे
प्रकाशित:
२०७८, १५ चैत्र

काठमाण्डौं, १५ चैत । टर्कीका चर्चित अभिनेता उनगिनअल्टान दुज्यातान नेपाल आउने भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र टर्की–नेपाल व्यापार परिषद्का अध्यक्ष मेहमतमुस्तफा एकिनसेलरबीच सोमवार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उक्त जानकारी दिइएको हो ।

एकिनसेलरले नेपालको पर्यटन प्रवर्द्धन र टर्कीका पर्यटक नेपाल भित्र्याउनका लागि चर्चित अभिनेता दुज्यातानलाई नेपाल ल्याउने जानकारी दिए । यस्तै, पर्यटन मन्त्री आलेले टर्की–नेपालको पर्यटन प्रवद्र्धन तथा कोभिड पछिको पर्यटन उद्योगलाई उकास्नका लागि भए पनि अभिनेता दुज्यातान नेपाल आउँदा निकै फाइदा पुग्ने बताए ।

पर्यटन पुनरुत्थानका संयोजक राजाराम गिरीका अनुसार मन्त्रालय र पर्यटन पुनरुत्थानको सहकार्यमा अभिनेता दुज्यातान आउँदो वैशाखमा नेपाल आउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया