सुनको भाउ तोलामा १३ सय रुपैयाँले घट्यो
अखबार टुडे
प्रकाशित:
२०७८, १५ चैत्र

काठमाण्डौं, १५ चैत । सुन चाँदी बजारमा मंगलबार सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ घटेर तोलामा ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि गएको फागुन २५ गते सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै एक लाख ५ हजार पाँच सय रुपैयाँमा पुगेको थियो ।

प्रतिक्रिया