९४औँ ओस्कर : ‘कोडा’ले पायो सर्वोत्कृष्ट फिल्म अवार्ड (अन्य विजेताको सूचीसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, १४ चैत्र

लस एन्जलस, १४ चैत (एजेन्सी) । फिल्मी दुनियाँको सबैभन्दा प्रतिष्ठित मानिएको ओस्कार अवार्डमा यस वर्ष ‘कोडा’ले सर्वोत्कृष्ट फिल्मको अवार्ड जितेको छ ।

तीन यो फिल्म तीन वटा विधामा मनोनयनमा परेको थियो । तीनवटै अवार्ड जित्न पनि सफल भयो । यसले सर्वोकृष्ट फिल्मसहित सर्वोच्कृष्ट पटकथा र सर्वोत्कृट सहअभिनेताको अवार्ड जितेको हो ।

अमेरिकाको लस एञ्जलसमा आइतबार राति सम्पन्न एकेडेमिक भनिने ९४औँ ओस्करमा यस वर्ष ओस्कारमा सर्वाधिक अवार्ड भने ‘डुन’ले हात पारेको छ ।

दश विधामा मनोनयनमा परेको यस फिल्मले ६ वटा अवार्ड जितेको छ । यस्तै, १२ वटा विधामा मनोनयमा परेको चलचित्र ‘पावर अफ द डग’ भने एउटा अवार्डमा सीमित बन्यो । फिल्मबाट जेन क्याम्पियन सर्वोत्कृष्ट निर्देशक छानिए ।

यस्तै, अभिनेता विल स्मिथले ‘किङ रिचार्ड’बाट आफ्नो करिअरको पहिलो ओस्कार अवार्ड प्राप्त गरेका छन् । उनले सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाएका हुन् । सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड द आइ अफ टम्मी फायबाट जेसिका चास्टाइनले जितिन् ।

अवार्ड बिजेताको सूची

सर्वोत्कृष्ट फिल्म – कोडा
सर्वोत्कृष्ट अभिनेता – विल स्मिथ (किङ रिचार्ड)
सर्वोत्कृष्ट अभिनेत्री – जेसिका चास्टाइन (द आइज अफ टाम्मी फाय)
सर्वोत्कृष्ट मौलिक गीत – नोटाइम टु डाइ
सर्वोत्कृष्ट डकुमेन्ट्री फिचर – समर अफ सोल
सर्वोत्कृष्ट साभार (पटकथा) –सियान हेदर (कोडा)
सर्वोत्कष्ट मौलिक पटकथा – केन्नेथ ब्रानाघ (बेलफास्ट)
सर्वोत्कृष्ट कस्टुम डिजाइन – जेन्नी बिभान (क्रुयल्ला)
सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर – ड्राइभ माइ कार (जापान)
सर्वोत्कृष्ट सहअभिनेत्री – एराइना डिबोस (वेस्ट साइड स्टोरी)
सर्वोत्कृष्ट सहअभिनेता – ट्रोइ कोटसर (कोडा)
सर्वोत्कृष्ट एनिमेटेड फिचर– एन्कान्टो
सर्वोत्कृष्ट मौलिक गीत – हान्स जिमर (डुन)
सर्वोत्कृष्ट सिनेमाटोग्राफी –ग्रेग फ्रासर (डुन)
सर्वोत्कृष्ट भिजुअल इफेक्ट – डुन
सर्वोत्कृष्ट फिल्म सम्पादन– जोइ वाल्कर (डुन)
सर्वोत्कष्ट साउण्ड – डुन
सर्वोत्कष्ट प्रोडक्सन डिजाइन– डुन
सर्वोत्कृष्ट मेकअप एन्ड हेयर स्टाइल –द आइज अफ टाम्मी फाये
सर्वोत्कृष्ट लाइभ एक्सन सर्ट – द लङ गुडबाइ
सर्वोत्कृष्ट एनिमेटेड सर्ट– द वाइन्डसिल्ड पिपर
सर्वोत्कृष्ट डकुमेन्ट्री सर्ट– द क्वीन अफ बास्केटबल

प्रतिक्रिया