इरानको रिभोलुसनरी गार्डमाथि प्रतिबन्ध कायमै : अमेरिकी राजदूत
अखबार टुडे
प्रकाशित:
२०७८, १३ चैत्र

दोहा, १३ चैत (एजेन्सी) । अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध भने कायम राख्ने अमेरिकी विशेष दूत रोबर्ट मालीले बताएका छन् ।

इरानले रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) लाई अमेरिकी आतङ्कवादी सूचीबाट हटाउने पुनर्जीवित आणविक सम्झौताको हिस्सा भएकोमा जोड दिएको जनाइएको छ ।

तर इरानका लागि अमेरिकी राजदूत मालेले कतारको राजधानी दोहामा भएको सम्मेलनमा भने, ‘आईआरजीसीलाई अमेरिकी कानून अनुसार प्रतिबन्ध लगाइनेछ र आईआरजीसीप्रतिको हाम्रो धारणा कायम रहनेछ ।’

प्रतिक्रिया