सर्लाहीमा बस पुलबाट खस्दा ४ जनाको मृत्यु, दुई दर्जन बढी घाइते
प्रकाशित:
२०७८, १३ चैत्र

सर्लाही, १३ चैत । सर्लाहीमा बस दुर्घटना हुँदा ४ जना यात्रुको ज्यान गएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १७ स्थित फुलजोर खोलाको पुलबाट खस्दा दुई दर्जन बढी घाइते भएको हुनसक्ने जनाइएको छ । तर घाइतेहरुको संख्या यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख ८५५५ नम्बरको सूर्यलोक यात्रुबाहक बस पुलबाट खोलामा खस्दा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
मृतकहरुको अहिले पहिचान खुल्न सकेको छैन् । मृतक चारैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा ल्याइएको छ । घाइतेहरुको लालबन्दीको विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको जनाइएको छ । प्रारम्भिक अनुसन्धानले बसको अगाडिको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको हुनसक्ने बताइए छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार