एकदिवसीय क्रिकेटमा नेपाल पीएनजीसँग ६ रनले पराजित
प्रकाशित:
२०७८, ११ चैत्र

काठमाडौं, ११ चैत । एकदिवसीय क्रिकेटमा नेपाल पपुवा न्युगिनी(पीएनजी)सँग ६ रनले पराजित भएको छ ।
पीएनजीले दिएको २ सय ९२ रनको विशाल लक्ष्य नेपालले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २८६ रनमा समेटिएको हो ।
नेपालका लागि ब्याट्सम्यान रोहित पौडेल ब्यक्तिगत १२६ रन बनाएका थिए । यस्तै, ओपनर ब्याट्सम्यान अनिल शाहले ६ रन, देव खनाल शून्य रन, कुशल भुर्तेल ३२ रन, दिपेन्द्रसिंह एरी १५ रन, आरीफ शेख ३४ रन, भिम सार्की १७ रन बनाएर आउट भए ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिगंको निम्तो पाएको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको थियो । पीएनजीका लागि चार्ल्स अमिनीले ७३, असाद भालाले ६० र नोर्मान भानुआले ४७ रन बनाए । बलिङतर्फ कमल ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवन सर्राफले १–१ विकेट लिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त