सलमान खानलाई अप्रिल ५ मा उपस्थित हुन अदालतको आदेश
अखबार टुडे
प्रकाशित:
२०७८, ११ चैत्र

काठमाडौं, ११ चैत (एजेन्सी) । बलिउड अभिनेता सलमान खानलाई मुम्बईको अंधेरी कोर्टले अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

३ वर्ष पुरानो माद्दामा खानलाई मुम्बईको अंधेरी मजिस्ट्रेट कोर्टले बडिगार्डसहित अप्रिल महिनाको ५ तारिखमा अदालत पेश हुन आदेश दिएको हो ।

सलमानमाथि अशोक श्यमाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेको छ । ती पत्रकारले भनेका थिए, ‘सलमानले ममाथि कुटपिट गरेका थिए र मेरो फोृन पनि खोसेका थिए । ’

उनले सलमानविरुद्ध गरिएको उजुरीमाथि कारवाही नगरेको भन्दै प्रहरीमाथि पनि आरोप लगाएका थिए । घटना तीन वर्ष पुरानो हो जब पत्रकार अशोक पाण्डेले सलमानले साइकल चलाउँदै गरेको भिडियो सुट गर्न कोसिस गरेका थिए ।

त्यतिबेला सलमान र उनका बडिगार्डले अशोकमाथि दुर्व्यवहार गरेका थिए र उनको फोन पनि खोसेका थिए । अशोकले सलमानमाथि कुटपिटको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया