मन्त्री आले-सलमान भिडियोकल वार्ता : सलमानले भने- ‘विस्तारै भएपनि सगरमाथा चढ्छु’
अखबार टुडे
प्रकाशित:
२०७८, ९ चैत्र

काठमाडौं, ९ चैत । बलिउड अभिनेता सलमान खानले ‘सगरमाथा चढ्ने’ इच्छा देखाएका छन् । बुधबार सोल्टी होटलमा भएको भर्चुअल मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अभिनेता खानलाई सगरमाथा आरोहणका लागि निम्तो दिएका थिए ।

सांगीतिक कार्यक्रम लिएर नेपाल आउन लागेका अभिनेता सलमानलाई कोरोना महामारीका कारण धराशायी बनेको नेपालको पर्यटन प्रवद्र्धधनका लागि सगरमाथा आरोहरणका लागि निम्तो दिएका हुन् । मन्त्री आलेसँग भिडिडयोमा कलमा समालनमाले भने, ‘मन्त्रीज्यू निम्तोका लागि धन्यवाद । अवश्य सगरमाथा चढ्छु, बिस्तारै बिस्तारै भए पनि ।’

खान ओडिसी इन्टरटेन्टमेन्ट र हिटा समूहको निम्तोमा आगामी जेठ १४ गते नेपाल आउने कार्यक्रम छ । उनीसँग अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरियोग्राफर प्रभु देवा, मुदस्सर खान, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावालगायतका कलाकार नेपाल आउँदैछन् ।

प्रतिक्रिया