यस्ता छन् ‘एमाले एक्लैले जित्ने’ दावीसहित अध्यक्ष ओलीद्वारा प्रस्तुत १८ आधारहरु
अखबार टुडे
प्रकाशित:
२०७८, ९ चैत्र

काठमाडौं, ९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘आगामी स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले जित्ने’ दावी गरेका छन् ।
बुधबार काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रस्तुत आफ्नो राजनीतिनक प्रतिवेदन यस्तो दावी गरेका छन् ।

स्थानीय निर्वाचन केन्द्रीत राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले एमालेले जित्ने १८ आधार समेत पेस गरेका छन् । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘यस निर्वाचनमा हामीसँग जीतका पर्याप्त आधार छन् । हाम्रो पार्टीप्रतिको जनविश्वास दिनप्रतिदिन बढ्दै जानु नै मुख्य आधार हो ।’ यसबाहेक एमालेले गरेको भनेर केही कामको प्रतिवेदनमा चर्चा गरिएको छ ।

उनले १८ बुँदामा ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा प्रभावकारी भूमिका खेलेको, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिबृद्धिका लागि असाधारण योगदान गरेको’ दावी गरेका छन् ।

यस्तो छ एमालेले जित्ने ओलीद्वारा प्रस्तुत १८ आधारहरु

प्रतिक्रिया