एकजुट हुन गैरआवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, ८ चैत्र

काठमाडौं, ८ चैत । अर्थमन्त्री जनार्दन शर्माले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा पनि देखिएको बताएका छन् ।
मंगलबार गैरआवासीय नेपाली संघ ९एनआरएनए०को १०औँ विश्व सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एनआरएनएमा पनि टुटुफुटको राजनीति देखिएको बताएका हुन् ।

अर्थमन्त्री शर्माले विधानलाई मिचेर काम नगर्न गैरआवासीय नेपालीलाई आग्रहसमेत गरे । उनले भने, ‘टुटफुट नभई सबै एक भएर काम गर्नुपर्ने अवस्था आएको छ । हामीले तपाईंहरूबाट ठूलो अपेक्षा गरेका छौँ ।’ अर्थमन्त्री शर्माले देशमा संकट पर्दा एनआरएनएले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।

संस्थाका संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेको प्रशंसा गर्दै उनले सबै एनआरएनहरुलाई एउटै मञ्चमा ल्याउन आग्रह गरे । शर्माले भने, ‘आफ्नो जन्मभूमिलाई तपाईंहरूले माया गर्नुपर्छ, जति लगानी आउनुपर्ने आएको छैन । अर्थमन्त्री शर्माले भने, ‘बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा ल्याउनुपर्यो ।’

प्रतिक्रिया