प्रचण्डद्वारा द्वन्द्वकालीन सहिद परिवारलाई जीवन निर्वाह भत्ता कार्यन्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
अखबार टुडे
प्रकाशित:
२०७८, ८ चैत्र

काठमाडौं, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन माओवादी जनयुद्धलगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्था यथाशीघ्र कार्यन्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा माओवादी युद्धका घाइते तथा अपांगहरुको सन्दर्भमा बुँदागत रुपमा ध्यानाकर्षण गराएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव एवं माओवादी नेता रमेश मल्लले जानकारी दिएका छन् ।

उनका अनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमक्ष विभिन्न पाँच बुँदामा ध्यानाकर्षण गराएका छन् । जसमा सशस्त्र द्वन्द्वमा घाइते भइ अपांगता भएका व्यक्तिको अपांगता प्रतिशत निर्धारण कार्यविधि संशोधन हुनुपर्ने, छुटेका घाइते तथा अपांगता भएका व्यक्तिहरुलाई सूचीकृत गर्ने, उनीरुलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र वितरण गर्नेलगायत रहेको बताइएको छ ।

प्रतिक्रिया