नेटो देशका तेह्र युद्धपोत स्टकहोमतर्फ प्रस्थान
अखबार टुडे
प्रकाशित:
२०७८, ७ चैत्र

ब्रसेल्स, ७ चैत (एजेन्सी) । सैन्य अभ्यास पछि नेटो देशहरूका तेह्र युद्धपोतहरू स्टकहोमतर्फ प्रस्थान गरेको छ ।

स्वीडेनको अफ्टनब्लाडेट अखबारका अनुसार युद्धपोतहरूमा नौ जर्मन जहाज र बाल्टिकबाट चार जहाज समावेश छन् । ती जहाजहरू अभ्यास पछि फ्रिहम्नेन बन्दरगाहतर्फ लागेको अखबारले आइतबार स्विडेनी सेनालाई उद्धृत गर्दै जनाएको छ ।

ती जहाजहरुको यात्रा जारी रुस–युक्रेन द्वन्द्वसँग कुनै सम्बन्ध नरहेको पनि जनाइएको छ । याता नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले भने नेटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आफ्नो समर्थन बढाउँदै गरेको बताएका छन् ।

डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर) ले कीभ सेनाहरू विरुद्ध आफ्नो रक्षा गर्न मद्दतको लागि अपील गरेपछि रूसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो ।

प्रतिक्रिया