चिनियाँ विदेश मन्त्री वाङ यी शुक्रबार नेपाल आउँदै
अखबार टुडे
प्रकाशित:
२०७८, ७ चैत्र

काठमाडौं, ७ चैत । चिनियाँ विदेश मन्त्री वाङ यी चैत ११ गते शुक्रबार नेपाल आउने भएका छन् । विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

काठमाडौंमा हुँदा यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शनिबार उनले समकक्षी नारायण खड्कासँगको द्वीपक्षीय वार्ता गर्ने छन् । उनी आइतबार नेपालबाट फर्किने छन् ।

प्रतिक्रिया