युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार, इन्धन भण्डारण स्थल ध्वस्त
प्रकाशित:
२०७८, ६ चैत्र

काठमाडौं, ६ चैत (एजेन्सी) । रुसले युक्रेनमा फेरि सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । आइतबार प्रहार भएको क्षेप्यास्त्रबाट युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको हो ।
रूसी रक्षा मन्त्रालयका अनुसार हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्ती नजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूको लागि ठूलो भण्डारण स्थल नष्ट गरेको छ ।
शुक्रबार रुसले युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल प्रयोग गरेको बताइएको थियो । राज्य समाचार एजेन्सी आरआईए नोवोस्तीले जनाएअनुसार किन्जल हाइपरसोनिक हतियारको पहिलो प्रयोग हो जसलाई मस्कोले पश्चिमी युक्रेन समर्थकमा ‘विशेष सैन्य अपरेशन’ भनेको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
