बेलायतका प्रधानमन्त्रीद्वारा जेलेन्स्की र उनको परिवारलाई शरण दिने प्रस्ताव
अखबार टुडे
प्रकाशित:
२०७८, ६ चैत्र

लन्डन, ६ चैत (एजेन्सी) । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका छन् ।

जोनसनले सन्डे टाइम्सलाई बताएअनुसार जेलेन्स्कीसँग नियमित कुराकानी हुन्छ र उनी एक निक्कै आकर्षक व्यक्तित्व भएको र प्रेरणाको स्रोत पनि साबित भएका छन् ।

बेलायती प्रधानमन्त्रीका अनुसार जेलेन्स्की र उनको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको थियो तर ‘भोलोडिमिर सधैं स्पष्ट रहेका छन्, उनको कर्तव्य युक्रेनी जनताप्रति हो, उनी त्यहीँ बस्नेछन् र जनताको हेरचाह गर्नेछन् । म उनको प्रशंसा गर्छु ।’

डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर) ले युक्रेनविरुद्ध आफूलाई बचाउन मद्दतको लागि अपील गरेपछि गत फेब्रुअरी २४ मा रूसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो ।

यता रुसले भने विशेष अपरेशनको उद्देश्य युक्रेनलाई असैन्यीकरण र डिनाजिफाइ गर्नु हो र केवल सैन्य पूर्वाधारलाई लक्षित गरिएको छ । नागरिक जनसंख्या खतरामा छैन । मस्कोले बारम्बार जोड दिँदै भनेको छ उसको युक्रेन कब्जा गर्ने कुनै योजना छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार डोनबासका जनतालाई जोगाउने लक्ष्य रहेको छ जो आठ वर्षदेखि कीभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको शिकार भएका छन् ।

प्रतिक्रिया