रुसद्वारा युक्रेनमा नयाँ किन्जल हाइपरसोनिक हतियार प्रयोग
अखबार टुडे
प्रकाशित:
२०७८, ५ चैत्र

काठमाडौं, ५ चैत (एजेन्सी) । रुसले युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल प्रयोग गरेको पाइएको छ ।

शुक्रबार युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको हो ।
‘हाइपरसोनिक एरोबलिस्टिक मिसाइलसहितको किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले इभानो–फ्रान्किभस्क क्षेत्रको डेलियाटिन गाउँमा मिसाइल र उड्डयन गोदाम भएको ठूलो भूमिगत गोदामलाई ध्वस्त पारेको छ,’ रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

राज्य समाचार एजेन्सी आरआईए नोवोस्तीले जनाएअनुसार किन्जल हाइपरसोनिक हतियारको पहिलो प्रयोग हो जसलाई मस्कोले पश्चिमी युक्रेन समर्थकमा ‘विशेष सैन्य अपरेशन’ भनेको छ ।

प्रतिक्रिया