संवैधानिक इजलासमा पदाधिकारी नियुक्तिविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा
प्रकाशित:
२०७८, ४ चैत्र

काठमाडौं, ४ चैत । संवैधानिक इजलासमा विभिन्न संवैधानिक आयोगका ५२ जना पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटलाई शुक्रवार हेर्दाहेर्दैमा राखिएको छ ।
रिटमाथि अब आउँदो बुधवार चैत ९ गते सुनुवाइ हुनेछ । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश ल्याएर ५२ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेका थिए । २०७७ पुस ५ गते संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयमा पठाइएकोमा त्यही दिन संसद् विघटन गरेका कारण नियुक्तिका लागि सिफारिस भएकाहरूको संसदीय सुनुवाइ भएको थिएन ।
प्रतिक्रिया
सम्बन्धित समाचार
