राष्ट्रपति पुटिनका आलोचक रुसी मोडल मृत फेला
अखबार टुडे
प्रकाशित:
२०७८, ३ चैत्र

काठमाडौं, ३ चैत । रुसी मोडल ग्रेटा वेडलरको मृत शरीर एक सूटकेसमा बरामद भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार २३ वर्षीय ग्रेट केही समयदेखि बेपत्ता थिइन्, तर उनको सामाजिक सञ्जाल चलिरहेको थियो ।

यो घटना रुस र युक्रेनबीच युद्ध चलिरहेकाले पनि चर्चामा आएको हो । मोडल ग्रेटाले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको चर्को आलोचना गरेर चर्चामा आएकी थिइन् । फक्स न्यूजका अनुसार मोडल ग्रेटाको हत्या उनका पूर्वप्रेमी दिमित्री कोरोविनले गरेको बताइएको छ ।

कोरोविनले ग्रेटालाई मारेर शवलाई सूटकेसमा राखेर कारको डिक्कीमा राखेका थिए । समाचारमा बताइएअनुसार कोरोविनले अपराध स्वीकार गर्दै ग्रेटालाई ३ सय माइल टाढा लगेर मारिएको बताएका थिए ।

प्रतिक्रिया