रुस-युक्रेन युद्ध : ‘विश्वमै खाद्य असुरक्षाको खतरा’
अखबार टुडे
प्रकाशित:
२०७८, ३ चैत्र

संयुक्त राष्ट्रसंघ, २ चैत (एजेन्सी) । संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन, एफएओका प्रमुख अर्थशास्त्रीले हाल रुस र युक्रेनमा जारी युद्धका कारण विश्वमै खाद्य असुरक्षा बढ्न सक्ने बताएका छन् ।

रुस र युक्रेनका बीचमा जारी रहेको युद्धका कारण खाद्यान्नको अभाव बढ्न सक्ने उनले चेतावानी दिएको समाचारमा जनाइएको छ । प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले यो युद्धका कारण विश्वमा नै खाद्यान्नको मूल्य महंगो हुने र जसका कारण अभाव पनि हुनसक्ने बताए ।

उनका अनुसार युरोपलगायतका क्षेत्रमा पछिल्लो यस युद्धले गर्दा खाद्यान्नको आपूर्तिमा कमी आउन सक्ने पनि उनले बताएका छन् । यस युद्धका कारण चामल, गहुँ र मकैको मूल्यमा भारी मात्रामा बृद्धि हुनसक्ने अनुमान उनको अनुमान छ ।

उनले भनेका छन्, ‘युद्धका अरु पनि असरहरु होलान् तर मलाई लाग्छ यसले खाद्यान्न उत्पादन, यसको आपूर्ति र उपलब्धतामा धेरै असर गर्ने देखिएको छ, खाद्यान्नको आपूर्ति र उपलब्धताको कुरा पेट्रोलियम पदार्थका कारण पनि महंगीमा असर गर्न सक्छ ।’

संयुक्त राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा सम्वाददाताहरुसँग उनले सो धारणा राखेका हुन् । उनले यो युद्ध जति समय बढ्दै गयो त्यति नै खाद्यान्नको अभाव बढ्दै जाने अनुमान उनले गरेका हुन् । रुसले युक्रेनमा सैन्य आक्रमण जारी राखेको छ । तीन हप्तादेखि रुसले युक्रेनमा हमला जारी राखेको छ ।

प्रतिक्रिया