अमेरिकाले युक्रेनलाई सहयोग गर्ने भनिएको किलर ड्रोन के हो ?
अखबार टुडे
प्रकाशित:
२०७८, ३ चैत्र

काठमाडौं, ३ चैत । रुससँग युद्ध लडिरहेका युक्रेनलाई अमेरिकाले १०० वटा किलर ड्रोन सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा बृहत सैन्य प्याकेज घोषणाअन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेनलाई दिने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

वासिंगटन पोस्टले अमेरिकी सैन्य स्रोतलाई उदृत गर्दै जनाएअनुसार सो मिसाइल प्रणाली ‘व्यक्तिमा पिनपोइन्ट स्ट्राइक’को लागि डिजाइन गरिएको हो र यसलाई उचित तरिकाले केही माइल टाढाबाट मार हान्न सकिन्छ ।

रूसी डिजाइन भएपनि यस्तो हतियार केही युरोपेली नेटो सदस्यहरूसँग छ । यसलाई युक्रेनको सेनामा मिसाउन सहज हुने विश्वास गरिएको छ । रुस र युक्रेनबीच २२औंँ दिन पनि युद्ध जारी छ । रुसी सेनाले युक्रेनको राजधानी किभ नजिकबाट घेरा हाल्ने प्रयास जारी रोखेको बताइएको छ ।

प्रतिक्रिया