पोल्याण्डकी क्यारोलिना भइन् ७०औँ ‘विश्व सुन्दरी’
अखबार टुडे
प्रकाशित:
२०७८, ३ चैत्र

काठमाडौं, ३ चैत । यस वर्षको ‘मिस वल्र्ड’ अर्थात विश्व सुन्दरीको उपाधि पोल्याण्डकी क्यारोलिना बेइलावस्काले जितेकी छन् । अमेरिकी टापु पुएर्तोरिकोमा बिहीबार बिहान सम्पन्न ७०औँ संस्करणको मिस वल्र्ड ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन् ।

अमेरिकाकी श्रीसाइनी फस्ट रनरअप र कोटे डी. आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भएकी छन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिंहले नयाँ विजेतालाई ताज पहिर्याएकी थिइन् ।

कोरोना महामारीको कारण यसपटकको फिनालेमा ४० जना सुन्दरीले मात्र भाग लिएका थिए । नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ मा समेत छनोट हुन सकिनन् ।

मिस वल्डको मुख्य विधा मानिने ब्यूटी विथ पर्पसको उपाधि पनि अमेरिकाले जितेको छ । क्यारोलिना पोल्यान्डबाट विश्व सुन्दरी जित्ने दोस्रो प्रतिस्पर्धी हुन् । पीएचडी गर्ने तयारीमा रहेकी क्यारोलिना मोडलसमेत हुन् ।

प्रतिक्रिया