रुस-युक्रेन युद्ध: कुन सहरको अवस्था के छ ?
अखबार टुडे
प्रकाशित:
२०७८, २ चैत्र

काठमाडौं, २ चैत । इन्स्टिच्यूट अफ द स्टडी अफ वारले गरेको पछिल्लो विश्लेषण अनुसार रुसी फौजले राजधानी कीभ बाहिर रहेका इर्पिन र गुटा मेझीहर्कसा क्षेत्रमा सोमवार र मङ्गलवार केही आक्रमण गरेको छ । रुसीहरूले गत २४ घण्टामा यो सहरमा कुनै ठूलो कारबाही गरेका छैनन् ।

यस्तै, रुसले युक्रेनको दक्षिणी सहर मारिओपोलमाथि पूर्व र पश्चिमबाट आक्रमण जारी राखेको छ भने उत्तर–पूर्वी सहर खार्किभ घेरा हाल्ने क्रममा हतियारको अभाव भोगिरहेको छ ।

बिबिसीले उल्लेख गरे अनुसार मंगलबार खेर्सन क्षेत्रमा रुसले आफ्नो नियन्त्रण कायम गरेको झुटो दाबी गरेको थियो तर यसले यो क्षेत्रका दुई मुख्य सहरहरू ज्याफोरिझ्या वा मीकोलेमा पकड थप बलियो छैन ।

यस्तै, ओडेसा सहरमाथि समुन्द्रबाट आक्रमण गर्न रुस अझै तयार भइसकेको देखिन्न किनभने त्यसका लागि आवश्यक सैन्य आधार रुसले खडा गरिसकेको छैन ।

अमेरिकामा रहेको उक्त थिङ्कट्याङ्कले ‘ओपनसोर्स इन्टेलिजेन्स’ र प्रकाशित समाचारका आधारमा युद्ध मोर्चाको प्रत्येक दिनको विश्लेषण दिने गर्छ ।

प्रतिक्रिया