एनएमबि बैंकमा डिम्याट, मेरो सेयर र सीआरएन सुविधा अनलाइनबाटै
प्रकाशित:
२०७८, २ चैत्र
काठमाडौं, २ चैत । एनएमबि बैंकले डिम्याट, मेरो शेयर र सिआरएन सुविधा अनलाइनबाटै लिन सकिने योजना ल्याएको छ ।
ग्राहकहरूले बैंकमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न तथा आफ्नो केवाइसी विवरणहरू अपडेट गर्न सक्ने बैंकले जनाएको छ । यस प्रकारको सेवाले ग्राहकहरूका लागि घरमै बसी सहज ढंगले, पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ सेवा पाउने बैंको दाबी छ ।
द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द इयर एसिया २०२१’अवार्डबाट सम्मानित एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया