साउदी अरबका विदेशमन्त्री फैजलद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट
प्रकाशित:
२०७८, १ चैत्र
काठमाडौं, १ चैत । नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
सोमबार साँझ काठमाडौं आइपुगेका उनले मंगलबार राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन् । सो अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासेका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपतिलाई भेटिसकेपछि उनले मंगलबार नै प्रधानमन्त्री देउवासँग भेट गरेका थिए । प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ ।
नेपालको दुई दिने भ्रमणको सिलसिलामा साउदी विदेशमन्त्री साउद सोमबार काठमाडौं आइपुगेका उनी मंगलबार नै स्वदेश फर्कनेछन् ।
प्रतिक्रिया