रुसी सेनाद्वारा आवासीय भवनमा हवाई आक्रमण
अखबार टुडे
प्रकाशित:
२०७८, १ चैत्र

काठमाडौं, १ चैत । रुसले युक्रेनको राजधानी किभमाथि आक्रमण जारी राखेको छ । रुसले हवाई आक्रमणका कारण आवासीय भवनहरू नराम्ररी क्षतिग्रस्त भएका छन् । केही दिनयता रुसले आवासीय भवनहरुलाई लक्षित गरी आक्रमण तिव्र बनाएको छ ।

युक्रेनको आपत्कालीन सेवा प्रदान गर्ने निकायले किभस्थित एउटा आवासीय भवनमा रुसले हवाई आक्रमण गर्दा दुई जनाको मृत्यु भएको जनाएको बिबिसीले उल्लेख गरेको छ । साथै, त्यहाँबाट ३५ जनाको उद्धार गरिएको पनि बताइएको छ ।

रुसले सोमबार राति गरेका आक्रमणहरूमा परेर क्षति पुगेका भवनहरूको सूची किभ नगर प्रशासनले प्रकाशित गरेको छ ।

प्रतिक्रिया