‘चीनसँग रुसले सैन्य सहयोग माग्यो भन्ने अमेरिकी दाबी गलत’
प्रकाशित:
२०७८, ३० फाल्गुन

काठमाडौं, ३० फागुन । रुसले युक्रेनमाथि जारी आफ्नो आक्रमणका लागि बेइजिङसँग सैन्य तथा आर्थिक सहयोग उपलब्ध गराउन माग गरेको भन्ने अमेरिकी अधिकारीहरूको दावी ‘मिथ्या सूचना’ भएको चीनले बताएको छ ।
नाम उल्लेख नगरी अमेरिकी अधिकारीहरूले अमेरिकी सञ्चारमाध्यमहरूलाई रुसले चीनसँग युक्रेनमा जारी आक्रमणका लागि सहयोग उपलब्ध गराउन अनुरोध गरेको बताएका थिए । त्यसप्रति अमेरिकाले मस्कोलाई समर्थन जनाए बेइजिङले ‘कठोर परिणाम’ सामना गर्नुपर्ने चेतावनी दिएको थियो ।
तर, बेइजिङमा पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले उक्त लडाइँमा चीनको भूमिकाबारे वासिङ्टनले ‘गलत नियत राखेर’ भ्रम फैलाइरहेको आरोप लगाए ।
उनले चीनले शान्ति र संवादका लागि अनुरोध गर्दै रचनात्मक भूमिका खेलिरहेकोमा जोड दिएका छन् । बिबिसी नेपाली
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त