कुसुम क्रियशनलाई ‘सर्वोत्कृष्ट डिजाइनर अवार्ड’
अखबार टुडे
प्रकाशित:
२०७८, २९ फाल्गुन

काठमाडौं, २९ फागुन । ‘द कुसुम क्रियशन’ले ‘सर्वोत्कृष्ट डिजाइनर अवार्ड’ पाएको छ । काठमाडौंमा शनिबार आयोजित दोश्रो ‘स्पर्श म्युजिक भिडियो अवार्ड–२०२१’मा कुसुमले सो अवार्ड हात पारेको हो ।

माहिरो फेशन एन्ड डिजाइनको प्रस्तुति एवं टच इन्टरटेनमेन्ट एण्ड स्पर्श फिल्म प्रालि र पेजेन्ट नेपाल इन्टरटेनमेन्टको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न ४८ विधामा अवार्ड प्रदान गरिएको थियो । जसमध्ये पछिल्लो समय सेलिब्रेटीमाझ चर्चित ‘द कुसुम क्रियशन’ सर्वोत्कृष्ट डिजाइनर ठहरिएको हो ।

फेसन डिजाइनर तथा कुसुम क्रियशनकी सञ्चालक कुसुम श्रेष्ठ ।

‘द कुसुम क्रियशन’ बुटिकको सञ्चालक फेसन डिजाइनर कुसुम श्रेष्ठ हुन् । करिब तीन वर्षअघि सञ्चालनमा आएको उक्त बुटिक नेपाली फिल्म, म्युजिक भिडियो, फोटोसुटलगायतका लागि चर्चित छ । छोटो समयमै नेपाली फेसन बजारमा स्थापित द कुसुम क्रियशनले नेपालका अधिकांश सेलिब्रेटी एवं कलाकारका लागि पहिरन डिजाइन गरिसकेको छ ।

आफ्नो बुटिकले सर्वोत्कृष्ट डिजाइनरको अवार्ड पाउँदा निकै खुसी लागेको कुसुम श्रेष्ठले बताइन् । उनले भनिन्, ‘यो मेरो पहिलो अवार्ड हो । अवार्ड पाएसँगै फेसन डिजाइनिङमा मलाई थप जिम्मेवारीबोध भएको छ ।’

अवार्ड ग्रहण गर्दै कुसुमकी आमा मिश्रीकुमारी श्रेष्ठ ।

‘सर्वोत्कृष्ट डिजाइनर अवार्ड’को भने उनले ग्रहण गर्न पाइनन् । अस्वस्थताका कारण आफू कार्यक्रममा जान नसकेको उनले बताइन् । उक्त अवार्ड कुसुमकी आमा मिश्रीकुमारी श्रेष्ठले ग्रहण गरेकी थिइन् । आफूले पाएको अवार्ड आफ्नी आमाबाट लिन पाउँदा खुसी नै लागेको कुसुमले बताइन् ।

कार्यक्रममा बरिष्ठ अभिनेत्री शर्मिला मल्ललाई ‘स्पर्श लिजेन्ड्री सिने नायिका–२०२१’ अवार्डबाट सम्मानित गरिएको छ । उक्त सम्मानले आफुलाई निकै खुसी मिलेको अभिनेत्री शर्मिलाले सुनाइन् ।

प्रतिक्रिया