रुसी सेनाद्वारा युक्रेनको मेलिटोपोलमा नयाँ मेयर नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, २९ फाल्गुन

काठमाडौं, २९ फागुन (एजेन्सी) । ररुसी सेनाले युक्रेनी सहर मेलिटोपोलकाका मेयर इभान फेडोरोभलाई अपहरण गरेको केही घण्टापछि नयाँ मेयर नियुक्त गरेको त्यहाँको स्थानीय मिडियाले जनाएको छ ।

नयाँ मेयर तथा सिटी काउन्सिलको पूर्व डेपुटी गालिना ड्यानिलचेन्कोले स्थानीय टेलिभिजनमार्फत सम्बोधन गर्दै अब आफ्नो मुख्य काम नगर सञ्चालनका लागि नयाँ संयन्त्र तयार गर्नुरहेको बताइन् ।

उनले आफू नागरिकका प्रतिनिधिहरु सम्मिलित नयाँ संयन्त्र बनाउन लागेको भन्दै चरमपन्थी काममा भाग नलिन आग्रह गरेकी छन् । उनले भनिन्, ‘हामी जनताबाट चुनिएका हौँ । उनीहरुको भलाइको लागि काम गर्नु हाम्रो पहिलो कर्तव्य हो । मेलिटोपोलमा यो समितिको प्रशासनिक जिम्मेवारी हुनेछ ।’

प्रतिक्रिया