युक्रेनमा अमेरिकाले रुसविरुद्ध प्रत्यक्ष सैन्य हस्तक्षेप गर्दैन : अमेरिकी राष्ट्रपति
अखबार टुडे
प्रकाशित:
२०७८, २८ फाल्गुन

काठमाडौं, २८ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रुपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन् ।

राष्ट्रपति बाइडले अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ ‘तेस्रो विश्वयुद्ध सुरु गरे सरह’ हुने समेत चेतावनी दिएका छन् । तर, युक्रेनले भने पश्चिमा देशहरूसँग पटक पटक नेटोमार्फत सैन्य सहायताको माग गरिरहेको छ ।

बिबिसीका अनुसार अमेरिकामा, राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन् । जसअन्तर्गत रुसी रक्सी, समुद्री खाद्य सामग्री र हीराको आयातमा रोक लगाइएको छ ।

अमेरिकाले रुसी कुलीन वर्गमाथि आर्थिक प्रतिबन्ध बिस्तार गर्दै लाने समेत बताएको समाचारमा जनाइएको छ ।

रुसले भने संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा युक्रेनमा अमेरिकाको सहयोगमा जैविक हतियारका गतिविधिहरू भएको दाबी गरेको छ । उसले यथेष्ट प्रमाणविना नै युक्रेनका ३० वटा प्रयोगशालामा जैविक हतियार विकास भइरहेको बताएको हो ।

अमेरिकाले यो ‘पूर्ण रूपमा मिथ्या जानकारी’ भएको र रुसले युक्रेनमा आफ्नो आक्रमणको औचित्य प्रमाणित गर्न झुट फैलाइरहेको बताएको छ । (बिबिसी)

प्रतिक्रिया