‘तिम्रै नाममा गर्दिउँ कि धरहरा’ अजय कार्कीको नयाँ गीत (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, २७ फाल्गुन

काठमाडौं, २७ फागुन । पछिल्लो समय नेपाली गीतसंगीत क्षेत्रमा अजय कार्कीको चर्चा चुलिँदैछ । विशेषगरी गीतको शब्द चयन र संगीत कम्पोजमा फरक स्वाद पस्कँन माहिर अजय गायनमा समेत जम्दै आएका छन् ।

उनै गायक तथा संगीतकार अजय कार्कीको शब्द, संगीत र स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । अजय कार्कीकै अफिसियल युट्युब च्यानल ‘अजय कार्की स्टल नं २५६’मार्फत शुक्रबार सार्वजनिक गरिएको ‘धरहरा’ बोलको गीतमा अजयसँगै अविनाश मगरको पनि स्वर रहेको छ ।

यस गीतमा बलिउड स्वाद पस्किएको छ । हुन त अजय कार्कीले हालसम्म संगीत तथा स्वर दिएका गीतहरु नेपाली सांगीतिक क्षेत्रमा फरकशैली मानिएका छन् । त्यसमा पनि ‘धरहरा’ बोलको गीतलाई ध्यान दिएर सुन्ने हो भने कुनै हिन्दी गीत अर्थात बलिउडसँग प्रभावित भएको होकि भन्ने आभाष हुन्छ । यसो भन्दैमा बलिउड कपि भन्न मिल्दैन किनकि यस गीतमा नेपालीपन पनि पाइन्छ ।

अजय कार्कीकै निर्माण रहेको यस गीतको भिडियोमा रञ्जित सिंजाली र एनालिया मगरको अभिनय रहेको छ । उनीहरुको अभिनय तथा नृत्य गीतको भाव र मर्मअनुसार सुहाउँदो छ ।

यस गीतका रेकर्डिस्ट ‘ए वान म्युजिसियन’का किशोर थापा हुन्, जो नेपालका टप्स रेर्कडिस्टमध्ये एकमा पर्छन् । भिडियोलाई अजय कार्कीले नै निर्देशन गरेका हुन्, कथा कन्सेप्ट समेत उनैको रहेको छ । जसलाई राज पोखरेलले खिचेका हुन् ।

समग्रमा भन्नुपर्दा ‘धरहरा’ नेपाली गीतसंगीत क्षेत्रका लागि धरोहर बनेको छ । यो गीत सुनिसकेपछि दर्शक तथा एकपटक सोच्नेछन् कि नेपाली गीतसंगीत पनि स्तरिय बन्न थालेको छ । भिडियो निर्माणमा केही कमजोरी भएपनि संगीत र गायन तारिफ योग्य छ ।

https://www.youtube.com/watch?v=qUBjeHe4fe0
प्रतिक्रिया