रुसद्वारा शुक्रबार नयाँ तीन सहरमा आक्रमण
अखबार टुडे
प्रकाशित:
२०७८, २७ फाल्गुन

काठमाडौं, २७ फागुन । रुसद्वारा यक्रुेनका थप तीन सहरमा आक्रमण गरेको छ । बिबिसी नेपाली सेवाले उल्लेख गरेअनुसार युक्रेनको लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण गरेको हो ।

शुक्रबार रुसी सेनाले युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण गरेको विवरणहरू आएको समाचारमा जनाइएको छ । युक्रेनी टीभी र सञ्चारमाध्यमहरूले उत्तर–पश्चिममा रहेको लुट्स र मध्य–पूर्वमा रहेको नीप्रो सहरमा विस्फोटहरू भएको बताएका छन् । यसअघि यी दुवै सहरमा आक्रमण भएको थिएन ।

लुट्समा गरिएको आक्रमणमा त्यहाँको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा भएको बताइएको छ ।
लुट्सका नगरप्रमुखले विस्फोट भएको पुष्टि गर्दै सबैलाई सुरक्षित स्थानमा बस्न फेसबुकमा लेखेका छन् । उनले नागरिकलाई आफ्नो तस्बिर, ठेगाना र अन्य विवरण प्रकाशन नगर्न अनुरोध गरेका छन् । नीप्रोमा तीन स्थानमा विस्फोट भएको बताइएको छ । नीप्रोमा विस्फोटका तस्बिरहरू युक्रेनले सार्वजनिक गरेको छ ।

यसैबीच रुसी रक्षा मन्त्रालयले लुट्स र अर्को पश्चिमी सहर इभानो–फ्रान्किभिस्कमाथि आक्रमण गरेको पुष्टि गरेको रुसी समाचार माध्यमले जनाएको बिबिसीले उल्लेख गरेको छ । इभानो–फ्रान्किभिस्कका नगरप्रमुखले फेसबुक पोस्टमा आक्रमणको पुष्टि गरेका छन् ।

प्रतिक्रिया