देशलाई कता लैजाने भन्ने निर्णायक भूमिका माओवादीको हातमा छ: प्रचण्ड
प्रकाशित:
२०७८, २७ फाल्गुन
सुर्खेत, २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई कता लैजाने भन्ने निर्णायक भूमिका आफ्नो पार्टीको हातमा रहेको बताएका छन् ।
शुक्रबार सुर्खेतमा पत्रकारहरुसँग कुरानी गर्दै उनले भने, ‘देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीति पनि माओवादीकै इसारामा चलिरहेको छ’ ।
वर्तमान सत्ता गठबन्धन आगामी स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहने दावी गर्दै गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने प्रयास रहेको प्रचण्डले बताए । उनले एमसीसी पारित भएकैले देश दुर्घटनामा जानबाट रोकिएको पनि देहोरयाए । एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भएको पनि उनको भनाइ छ ।
प्रतिक्रिया