रुसी र युक्रेनी विदशमन्त्रीको वार्ता युद्धविराम गराउन विफल
अखबार टुडे
प्रकाशित:
२०७८, २६ फाल्गुन

काठमाडौं, २६ फागुन । रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको प्रथम चरणको वार्ता युद्धविरामबारे सहमति गर्न विफल भएको युक्रेनले जनाएको छ ।

बिबिसीले जनाएअनुसार उक्त भेटपछि बोल्दै युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसी विदेशमन्त्रीले युक्रेनसँग गरेको माग आत्मसमर्पणसरह भएको बताए । लाभ्रोभले रुसको सैन्य कारबाही योजानाअनुरूप चलिरहेको दाबी गरेका छन् ।

युक्रेनलाई हतियार दिएर उनले पश्चिमा राष्ट्रहरूले खतरनाक व्यवहार देखाएको समेत उनले बताएको समाचारमा जनाइएको छ ।
बिबिसीलगायत अन्तर्राष्ट्रिय समाचारहरुका अनुसार कुलेबाले युक्रेनी भूमिमा मानवीय सहायताका मुद्दामा समाधान खोज्ने प्रयास जारी राख्न दुई पक्ष सहमत भएको बताए । उनले ‘तात्विक छलफल र समाधान खोज्ने परिदृश्यमा त्यसो भएमा’ आफू पुनः भेट्न तयार रहेको बताएका छन् ।

‘म युद्ध अन्त्यका लागि युक्रेनी नागरिकको पीडा अन्त्य गर्नका लागि र हाम्रो भूभागलाई हस्तक्षेपकारी रुसी फौजबाट मुक्त पार्न यस्तो संलग्नता जारी राख्न चाहन्छु’ लाभ्रोभले भनेका छन् । ‘मानवीय विषयबारे टर्कीका मित्रहरूले लिएको अग्रसरता’बारे छलफल भएको उनको भनाइ छ ।

प्रतिक्रिया