कतारका सडकहरुमा किन नीलो रंग्याइँदैछ ?
अखबार टुडे
प्रकाशित:
२०७८, २६ फाल्गुन

काठमाडौं, २६ पाmगुन । हिजोआज कतारका सडकहरु नीलो रंगमा पोतिन थालिएका छन् । यहाँलाई लाग्न सक्छ, किन यस्तो गरिएको होला ? तर पछिल्लो समय ग्लोबल वार्मिङले विश्वलाई नै चिन्तित बनाएको छ । यो मुद्दा सधैं चर्चाको विषय बनिरहेको छ ।

लगातार बढ्दो तापक्रम विश्वका लागि समस्या बनेको छ । धेरै देशहरूले ग्लोबल वार्मिंगसँग जुध्न आवश्यक कदम चालिरहेका छन् । यसैबीच कतारले पनि ग्लोबल वार्मिङसँग लड्न आफ्नो सडकलाई नीलो रंगमा परिवर्तन गरेको गर्न सुरु गरेको हो । जबकि, बढ्दो तापक्रमबाट राहत पाउन सकियोस् भन्ने कतारको ध्येय हो ।

नीलो सडक बनाउने काम सबैभन्दा पहिले कतारको दोहाबाट सुरु भएको छ कतारले नीलो सडकहरूले वास्तवमै तापक्रम कम गर्छ कि भनेर धेरै परीक्षणहरू समेत गरेको बताइएको छ ।

यसका लागि कतारमा १८ महिनाको पाइलट प्रोजेक्ट सुरु गरिएको थियो । विज्ञहरुका अनुसार कतारले आफ्नो सडकको तापक्रम घटाउन यस्तो योजना बनाएको हो । यसबाहेक तापक्रमको भिन्नता हेर्न धेरै सेन्सरहरू पनि जडान गरिएको थियो जसको मद्दतले परिवर्तनहरू देख्न सकिन्छ ।

वैज्ञानिकहरूका अनुसार कालो वा खैरो सडकको तापक्रम २० देखि २५ डिग्रीभन्दा बढी हुन्छ । कालो रङले सबैभन्दा बढी गर्मी तान्ने विश्वास गरिन्छ । यही कारण सडकको छेउमा रुख नहुँदा तापक्रम झन् बढ्छ । त्यसैले कतारले आफ्ना सडकहरुलाई नीलोमा परिवर्तन गरेर यहाँको तापक्रम १५ देखि २० डिग्रीसम्म घटाउने प्रयास गरिरहेको छ । (एजेन्सीबाट)

प्रतिक्रिया