मेक्सिकोमा एकै घरका १० जनाको गोली हानी हत्या
अखबार टुडे
प्रकाशित:
२०७८, २६ फाल्गुन

काठमाडौं, २६ फागुन (एजेन्सी) । मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० जनाको हत्या गरिएको छ ।

सो हत्याकाण्डको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । उक्त सहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन जना महिला पनि रहेका छन् ।

पुएबला प्रान्तको न्यायाधिवक्ताको कार्यालयले सो घटनाको अनुसन्धान सुरु भएको र यसमा लागू औषधका कारोबारीहरुको हात रहेको अनुमान गरिएको बताएको छ । मारिएका नौ जनालाई नै टाउको, खुट्टा र छातीमा गोली हानिएको सो कार्यालयले जानकारी दिएको छ ।

हत्या गरिएको सो घरको वरपर यसअघि पनि लागू पदार्थको किनबेच गर्ने गरिएको थियो । त्यसैले यो हत्याकाण्ड पनि लागू पदार्थको किनबेचमा संलग्न समूहरुको झगडाका कारण हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

मारिएकाहरुको पहिचान हुन सकेको छैन । तीमध्ये कतिपय सोही घरका भए पनि सबैजना भने नभएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया