पल शाह प्रकरणमा जथाभाबी बोल्ने दुई युट्युबर पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७८, २५ फाल्गुन

काठमाडौं, २५ फागुन । जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको मुद्दामा जथाभाबी बोलेर अनुसन्धान प्रक्रियालाई नै प्रभावित पारेको भन्दै प्रहरीले दुई जना युट्युबरलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर व्युरोका अनुसार पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी युट्युबमार्फत समाचार सम्प्रेषण तथा अनर्गल वक्तव्य बाजी गर्ने गरेका छन् ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भिमढुंगा बस्दै आएका ५३ वर्षिय हरि उदासी भन्ने हरि परियार र हाल तारकेश्वर नगरपालिका–४ शेषमती बस्दै आएका २७ वर्षिय निशान चिलवाल पक्राउ परेका हुन् ।

उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उदासी नेपाल मिडिया नामक युट्युब च्यानलका सञ्चालक हुन् भने चिलवालले विशाल नेपाल नामक युटुब सचालन गर्ने गरेका थिए।

प्रतिक्रिया