रुस-युक्रेन युद्धमा अभिनेता पाशाको निधन
अखबार टुडे
प्रकाशित:
२०७८, २५ फाल्गुन

काठमाडौं, २५ फागुन । रुस र युक्रेनबीच युद्धमा युक्रेनी अभिनेता पाशा लीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार युक्रेनी सेनासँग आबद्ध उनी अग्रंर्पक्तिमा रहेर देशको सुरक्षामा लडिरहेका थिए ।

सेनाको निर्देशन पालन गरिरहेकै बेला मार्च ६ मा इरपिनमा भएको बमबारीमा उनको मृत्यु भएको बताइएको छ । यो कुराको ‘ओडेसा इन्टरनेशनल फिल्म फेस्टिभल’ले सामाजिक सञ्जालमा पोस्ट गर्दै जानकारी दिइएको छ ।

अभिनेता पाशा ३३ वर्षका थिए । युक्रेनमा रुसले आक्रमण सुरु गरेपछि उनी अभिनय छाडेर युद्धमा होमिएका थिए । उनी युक्रेनको टेरिटोरियल डिफेन्स युनिटमा आबद्ध भएका थिए । पाशा युक्रेनको लोकप्रिय अभिनेता, डबिङ कलाकार, गायक तथा संगीतकार थिए । उनले आफ्नो करियर टेलिभिजन कमर्शियलबाट सुरु गरेका थिए ।

उनले सन् २००६ मा ‘स्टोलन्या’ नामको फिल्मबाट अभिनय करियर प्रारम्भ गरेका थिए । उनको लोकप्रिय फिल्ममा ‘स्याडो अफ अनफरगटन एन्सेस्टर’, ‘द फाइट रुल्स’ र ‘मिटिङ्स अफ क्लासमेट्स’ छन् ।

प्रतिक्रिया