चिनियाँ विदेशीमन्त्री वाङ नेपाल आउँदै
प्रकाशित:
२०७८, २५ फाल्गुन
काठमाडौं, २५ फागुन । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने भएका छन् । नेपाल सरकारको निम्तोमा चैत दोस्रो साता काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको हो ।
भ्रमणले नेपाल र चीनबीच सतहमा देखा परेको पछिल्लो असहज सम्बन्धलाई सम्बोधन गर्ने आकलन गरिएको छ । एमसिसी संसद्बाट अनुमोदन भएपछि चीनले पनि भूराजनीतिक सरोकारको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजनालाई कार्यान्वयनमा लैजान तदारुकता देखाएको सन्देश दिन विदेशमन्त्री वाङ आउन लागेको बुझिएको छ ।
तर मन्त्रालयका अनुसार चिनियाँ समकक्षी वाङको भ्रमणको तयारी भइरहे पनि मिति र एजेन्डा टुंग्याउनै बाँकी छ । वाङ यसअघि २०७६ असोजमा भएको राष्ट्रपति सी चिनफिङको भ्रमणअघि नेपाल आएका थिए ।
प्रतिक्रिया